एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
मेरोन्यूज
२०८२ चैत २६ गते २१:०६

काठमाडौँ: नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान)ले आज सार्वजनिक गरेको छ ।
विज्ञप्तिमार्फत सार्वजनिक उक्त तालिकाअनुसार नेपालले ओमान, स्कटल्यान्ड र अमेरिकासँग समान दुई–दुई खेल खेल्ने छ । यही अप्रिल २२ देखि आगामी मे ११ तारीखसम्म सञ्चालन हुने उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने जनाइएको छ ।
क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल ‘ए’ ले पहिलो खेल ओमानसँग खेल्ने छ । ओमानसँगको दुई खेल अप्रिल २२ र २४ तारिखमा हुनेछ ।
त्यसैगरी मे ६ र ९ तारिखमा स्कटल्यान्डसँग खेल्ने र मे ७ र ११ मा अमेरिकासँग खेल्ने विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया