रेड्मी ए–सेभेन नेपाली बजारमा

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आधिकारिक रूपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन ‘रेड्मी ए–सेभेन’ सार्वजनिक गरेको छ । उत्कृष्ट र परिष्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।
रेड्मी ए–सेभेन मध्यम र हल्का वजनको स्मार्टफोन हो । यसमा ६.८८ इन्चको ठूलो एलसीडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस छ । यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्छ, जसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि निकै कम असर पार्छ । साथै, यसले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्ने कम्पनीको दाबी छ ।
तीन जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको यो फोनमा र्यामलाई तीन जीबीबाट ६ जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी ए–सेभेन मा ५२ सय एमएच क्षमताको ब्याट्री छ । यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ, जसले फोन छिटो चार्ज गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसका साथै प्रयोगकर्ताको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकजस्ता विभिन्न सुविधा उपलब्ध छ ।
यसमा १३एमपी मुख्य क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा भएकाले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिनेछ । यसको क्यामेरा मधुरो प्रकाशमा पनि उत्कृष्ट पोट्रेट र स्ट्यान्डबिना नै विभिन्न सटहरू खिच्नका निम्ति उपयुक्त मानिएको छ ।
यसमा ३.५ मीमीको हेडफोन ज्याक पनि उपलब्ध छ, जसले गीत वा पोडकास्ट सुन्दा यथार्थपरक अनुभव प्रदान गर्दछ । रेड्मी ए–सेभेनको स्लिक र परिष्कृत डिजाइनले यसलाई थप स्तरीय र प्रिमियम लुक दिएको छ । यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा वैजनी) रङमा उपलब्ध छ ।
रेड्मी ए–सेभेनले आफ्ना ग्राहकलाई दुई वर्षको वारेन्टी समेत प्रदान गरेको छ । बजारमा यो नयाँ स्मार्टफोनको प्रतिमूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया