शनिबार, चैत २८, २०८२

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

मेरोन्यूज २०८२ चैत २७ गते १९:०१

काठमाडाैं । उपसभामुखमा रुबी कुमारी निर्वाचित प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार भएको मतदान प्रक्रियामा रुबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा प्रतिनिधि सभाका २२९ सदस्यले मतदान गरे। उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया