सोमबार, चैत ३०, २०८२

एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति

मेरोन्यूज २०८२ चैत ३० गते १६:२२

काठमाडाैं । इक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको फन्ड मेनेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) रेटिङ्ग (इक्राएनपी) एएमसी २ं मा स्तर वृद्घि वा अपग्रेड गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ ।

कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा रहेको छन्।

एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १ अर्ब ३६ करोड कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ। एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १ अर्ब ४९ करोड कायम रही खूद सम्पत्ति मूल्य (एनएभी) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ७५ पैसा रहेको छ।

“एनएमबि सरल बचत फण्ड –इ” नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति ४ अर्ब ७३ करोड कायम रही खूद सम्पत्ति मूल्य (एनएभी) ११ रुपैयाँ ०१ पैसा रहेको छ ।

यस योजनाको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)अन्तर्गत हाल ५५ हजारभन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ । योजनाको आकार २०८२ चैत २६ गते ४ अर्ब ९४ करोड पुग्न सफल भएको छ। साथै यस योजनाको आकार १० अर्ब रुपैयाँ कायम गर्न धितोपत्र बोर्डबाट चैत ८ मा स्वीकृति प्राप्त गरेको छ।

योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको माघ २ मा बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ। एसआईपीमा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ।

प्रतिक्रिया