३३ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अंकले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।
आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३०, विकास बैंक एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया