बिहीबार, वैशाख ३, २०८३

एलआरआर मोटर्सको जिली इएक्स५ ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल’ हुँदै

मेरोन्यूज २०८३ वैशाख ३ गते १८:५०

काठमाडौं। जिली इएक्स५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव दिने उद्देश्यले ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

वैशाख ४ देखि ८ सम्म सञ्चालन हुने उक्त पाँचदिने कार्यक्रम काठमाडौंको गैरीधारास्थित जिली सोरुममा हरेक दिन बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ। देशका कुनै पनि अटोमोबाइल कम्पनीको सोरुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पमध्ये यो सम्भवतः पहिलो एक्सचेन्ज मेला हो।

कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो। कम्पनीका अनुसार ग्राहकले उत्कृष्ट बजार मूल्यांकनसहित तत्काल सवारी एक्सचेन्ज सेवा प्राप्त गर्नेछन् भने तुरुन्तै फाइनान्सिङ सुविधा तथा जिली इएक्स५ म्याक्स र प्रोका नवीनतम २०२६ मोडलमा विशेष पहुँचसमेत प्राप्त गर्नेछन्।

आकर्षक नगद छुटका साथै ग्राहकले १ वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर (फिस्कल इयर ट्याक्स) को व्यवस्था, र निःशुल्क २–इन–१ अनुकूल चार्जरजस्ता थप लाभ पनि प्राप्त गर्नेछन्।

कार्यक्रमलाई अझ रमाइलो र स्मरणीय बनाउन आगन्तुकले भेहिकल–टु–लोड कफी अनुभव लिन सक्नेछन्, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर प्राप्त गर्ने एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए। श्रेष्ठले कार्यक्रमले नेपालको अटोमोबाइल बजारमा ग्राहक सहभागिता तथा सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया