आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल पक्षको प्रतिपदा तिथी । ललितपुर मत्स्यन्द्रनाथ रथारोहण, विश्व सम्पदा दिवस र दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस । तदनुसार सन् २०२६ अप्रिल १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : समाजमा प्रतिष्ठित कामले अरुको मन लोभ्याउन सकिनेछ। कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृष :सहकर्मी वा साथीसँग विचार आदानप्रदान गर्दा नयाँ उपाय फेला पर्न सक्छ| व्यापार व्यवसायलाई लिएर छोटो दुरीको यात्रा लाभदायी रहनेछ। स्वास्थ्यतर्फ हल्का थकान र आलस्य महसुस हुन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : व्यवहारिक सोच र योजनामा केन्द्रित रहने समय रहेको छ। आर्थिक पक्षमा सुधारको संकेत देखिनेछ। काममा लगनशीलताले माननीयजनहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : अध्ययन वा अनुसन्धानमा लागेका व्यक्तिहरूको लागि प्रगतिको संकेत देखिनेछ। आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा अरुको ध्यान आकर्षित गर्न सकिनेछ।| सहकार्य र समन्वयमा ध्यान दिनु आवश्यक हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह :मित्रसँग सहकार्य गर्दा सफलता मिल्नेछ। काममा चुनौती आउन सक्छ त्यसलाई बुद्धिमत्ताले समाधान गर्न सकिनेछ। नयाँ ज्ञान प्राप्त गर्ने र सृजनात्मक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या :धैर्य राखेमा राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। स्वास्थ्यतर्फ मानसिक तनाव कम राख्नुहोस्। कार्य समयमा सम्पादन नहुनाले मनमा मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
तुला :नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। आफ्नो विचारलाई दृढताको साथ राख्न सकिनेछ। आर्थिक रूपमा सुधारको संकेत देखिन्छ तर जोखिमपूर्ण लगानीबाट टाढा रहनु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : आर्थिक रूपमा स्थिर रहने संकेत देखिनेछ। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आफ्नो निर्णयहरूमा दृढता र आत्मविश्वास राख्दा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
धनु : साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। पहिलाका अधुरा कामहरूलाई पूरा गर्ने समय रहेको छ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर :योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता मिल्नेछ। अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्शाउँदा मित्रहरूको साथ पाइनेछ। आफन्तहरूको जमघटको बीच रमाइलो समय व्यतीत होला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : व्यवसायलाई लिएर नयाँ योजनाको रूपरेखा कोरिनेछ। काममा निरन्तर प्रयासले सफलता दिलाउनेछ। नोकरी वा पेशामा अधिकारीवर्गहरूबाट सहयोग पाइएला। आर्थिक रुपमा सकारात्मक संकेत देखिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।
मीन :काममा सानो परिवर्तन आउन सक्छ जसले तपाईँलाई नयाँ अनुभव दिनेछ। आफ्नो कमी कमजोरीले गर्दा इष्टमित्रहरू टाडिन सक्छन्। चिताएको कामले राम्रो लाभ दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया