२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ ।
देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।
आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए । सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया