भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह

इरान स्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ ।
सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकहरूलाई आवाश्यक समन्वय गरेर स्वदेश फर्कन सल्लाह दिएको छ ।
पछिल्लो समयमा भारत र इरानबिच केही उडानहरू सुरु भएको रिपोर्टहरूलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अवस्था सहज नभए सम्म इरान यात्रा नगर्न सल्लाह दिइएको जनाएयको छ । क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र परिचालन अनिश्चितताले इरानका लागि अन्तर्राष्ट्रिय उडानमा असर गरिरहेको दूतावासले जनाइएको छ ।
दूतावासले यस अघि अप्रिल – ८ मा यस्तै सुझाव जारी गरी भारतीय नागरिकहरूलाई तुरुन्त इरान छोड्न आग्रह गरेको थियो । दूतावासले यात्रा गर्नु अघि दूतावाससँग आवाश्यक समन्वय गर्नुपर्ने पनि बताएको छ ।
यस अघिको सुझावको निरन्तरता र हालैको घटनाक्रमको आधारमा इरानमा रहेका भारतीय नागरिकहरूलाई दूतावाससँगको समन्वयमा र दूतावासले सुझाएका मार्गहरू प्रयोग गरेर इरानबाट छिटो बाहिरिन आग्रह गरेको जनाइएको छ ।
मध्य पुर्वमा हालैका घटनाक्रमका बारेमा अन्तर–मन्त्रीस्तरीय कार्यक्रममा बोल्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले फेब्रुअरी –२८ देखि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत आएको बताएका छन् ।
















नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया