कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
मेरोन्यूज
२०८३ वैशाख ११ गते १४:३७

काठमाडौँ । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै)लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।
सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो । “कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ”, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।
सम्बन्धित
















नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया