संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन कांग्रेसको आज तीन वटा बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी भइरहेको बुझिएको छ ।गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरुले सपथ लिएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन ।
प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारको रुमा रहेका छन् ।कांग्रेस नेताहरुका अनुसार पूर्वसहमहामन्त्री आङ्देम्बेको नाममा सहमति जुट्ने बलियो सम्भावना रहेको छ । उनलाई उपसभापति विश्वप्रकाश शर्मासहित देउवा–कोइराला समूहको पनि साथ रहेको बुझिएको छ ।
गत शुक्रबार दलको नेता चयनका लागि मतदानको समय निर्धारण गरिएको भए पनि सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । त्यसै दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समन्वय समिति बनाएको थियो ।
उपसभापति शर्माले आज उक्त प्रतिवेदन सभापति गगनकुमार थापालई बुझाउँदै छन् ।
यस्तै, कांग्रेस कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ संसदीय दलको बैठक पनि बोलाइएको छ । दलको बैठकबाट दलको नेता चुन्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।
यस्तै आजै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया