चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकीन भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताए । उनले भने, “अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौँ ।”
बाह्र बिगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएकीन उनी तरकारीले उचित मूल्य नपाउँदा आफूलगायत किसान मारमा परेको बताए । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा उठ्न नसकेको उनको भनाइ छ ।
यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले दुई बिगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी छन् । उनको बारीमा अहिले तने बोडी, काँक्राजस्ता तरकारी लगाउँदै आएका छन् । उनले अहिले १० कट्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाएपछि त्यतिकै राख्नुभएको छ । उनले भने “तरकारीले मूल्य पाउन सकेन बिचौलिया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानले तरकारी बिक्री गर्न सकेका छैनन् ।
उनका अनुसार लागत मूल्यसमेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान सङ्घर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसान रहेको सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताए ।
न्यौपानेले भने “किसानसँग प्रतिकेजी रु पाँचदेखि १० मा किनेर उपभोक्ताहरुकामा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।” आफूहरुले बजारमा उपभोक्ता मूल्य बुझेको बताउँदै उहाँले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताए । बीउ, मल, विषादी, जनशक्ति, सिँचाइ, ढुवानीको लागत मूल्यसमेत उठ्न नसकेको उनले बताए ।
राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न उनले आग्रह गरे । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिए ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ । जहाँ एक हजार किसान सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेको इकाइका प्रमुख महेश रेग्मीले बताए ।
















दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया