पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार

लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ ।
सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा समुद्रमा फसेको कारण सात जनाले मृत्यु वरण गर्नुका साथै अधिकाशं घाइते भएको जनाइएको छ ।
पूर्वी लिबियामा नौसेना एकाइ र तट–रक्षकको समन्वयमा गरिएको उद्धार कार्य आठ घण्टा भन्दा बढी समय सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युरोप र लामो भूमध्य–सागरीय तटरेखासँग निकटताका कारण लिबिया अनियमित आप्रवासीहरूका लागि प्रमुख पारवहन केन्द्र बनेको जनाइएको छ । मौसमी अनुकुलताका कारण सिमापार प्रक्रिया सामान्यतया मार्च – सेप्टेम्बरको बिचमा तुलनात्मक रुपमा बढी हुने गरेको जनाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया