कोरोनाको खोप नलगाएकालाई मनाङमा ‘नो इन्ट्री’

काठमाडौँ । हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ । जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
शनिबारसम्म शुन्य संक्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताए । उनका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न दिइने छैन ।
मनाङका कर्मचारी र स्थानीयलाई सम्बन्धित स्थानीय तहले खोपको व्यवस्था गर्ने छ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।
मनाङमा कोभिडको संक्रमण बढ्न नदिन मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थित तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।
मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ तालडाँडामा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताए । यस्तै मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश निषेध गरिएको छ ।
मनाङमा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाइ छ ।
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया