एकै दिनमा ओरालो लाग्यो शेयर बजार

काठमाडौं । अघिल्लो साता ओरालो लागेर यो साताको पहिलो दिन उत्साहजनक देखिएको शेयर बजार सोमवार पुनः गिरावट आएको छ ।
आइतबार एक्कासी उकालो चढेको नेप्से सोमवार दोहोरो अंकको गिरावट आएको हो ।
आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमवार १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।
आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ ।
अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
सोमवार तीन कम्पनीको शेयरमूल्य भने बढेको छ । फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
कारोवारका आधारमा भने एचआईडीसीएल, माथिल्लो तामाकोसी, टेलिकम, अरुणभ्याली तथा जीवन विकास लघुवित्त अगाडि देखिएका छन् ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया