मन्त्रिपरिषद् निर्णयः दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ माघ १७ गते २०:४५

काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूध प्रतिलिटर साढे ६ रुपैयाँ वृद्धि गरेको हो ।
किसानहरुले दूधको मूल्य बढाउनुपर्ने भनी लामो समयदेखि माग गर्दै आएका थिए । किसानको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकबाट १३.१७ प्रतिशत मूल्य वृद्धि गरेको हो ।
दूधको भ्याट र एसएनफ (धृतांश बाहेकको ठोस पदार्थ) का आधारमा दूधको मूल्य वृद्धि गरिएको हो । किसानले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत बढी पाउनेछन् ।
मूल्यवृद्ध गरिएसँगै किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम भएको छ ।
उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।
दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले गठन गरेको समितिले प्रतिलिटर प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया