शुक्रबार, वैशाख १८, २०८३

माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुँदैनौँ : शंकर पोखरेल

मेरोन्यूज २०७८ माघ १८ गते १२:०४

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

Advertisement
NiccNicc

एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् । एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् ।

‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन, भ्रम नछरौँ,’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनु पर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया