सामाजिक सुरक्षा भत्ता अनियमितता गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाको सामाजिक सुरक्षाभत्ता अनियमिततामा मुछिएकाहरूमाथि कारवाही गर्न ढिलासुस्ती गरेकोमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।
सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी प्रतिवेदन बुझाएको दुई वर्षसम्म सार्वजनिक नगर्नु, प्रतिवेदन सार्वजनिक गर्न अख्तियारमार्फत दबाब सिर्जना गर्नुपर्ने र प्रतिवेदनले दोषी देखाउँदा समेत कुनै कारवाही नगरेकोमा आशंका उत्पन्न भएको कांग्रेस बराहपोखरी गाउँपालिकाले जनाएको छ ।
मृत्यु भइसकेका, हुँदै नभएका तथा बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको नाममा सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको विषयमा बहस भइरहने तर दोषीउपर कुनै कारवाही नभएकोप्रति कांग्रेस बराहपोखरीका सभापति खिलाराज राई ९दिपक०ले विज्ञाप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
गाउँपालिकाको सामाजिक सुरक्षाभत्ताको सन्दर्भमा सार्वजनिक व्यक्ति, समूह वा संस्थाले सार्वजनिक सम्पत्तिको व्यापक अनियमितता गरेको भन्ने कुरा विभिन्न प्रमाणका आधारमा बुझ्न कठिन छैन,- विज्ञाप्तीमा भनिएको छ, – यस विषयमा बहस भइरहने तर कारबाही नहुने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ढिलो न्याय दिनु पनि अन्याय नै हो । निष्पक्ष छानबिन गरी सम्पूर्ण दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सम्बद्ध निकायरपक्षसँग माग गर्दछौँ ।
६ वडा रहेको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका, हुँदै नभएका, बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गरी अनियमितता भइरहेको तथ्य सार्वजनिक भएको थियो । सामाजिक सुरक्षाभत्ता अनिययमितताको विषयमा २०७६ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अनियमितता छानबिनका लागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्बन्धी कागजात बुझाएको थियो । गाउँपालिकाका कर्मचारी नै अख्तियारमा पुगेर ७६७७ एल २९११२ नम्बरमा आवश्यक कागजात दर्ता गराएर फर्किएका थिए ।
फर्जी लाभग्राही खडा गरेर सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो ।
मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि १ कात्तिक २०७६ मा गाउँपालिकामा उजुरी परेको थियो ।
५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका तीन जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भएको उल्लेख छ ।
यस्तै, चार जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय विदुर श्रेष्ठले बताए । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी उजुरी परे पनि गाउँपालिकाले सबै वडाको छानबिन गर्न आदेश दिएको थियो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया