सोमबार, पुष १४, २०८२

भोलि देशभर पानी पर्ने !

मेरोन्यूज २०७८ माघ १९ गते ६:५९

काठमाडौं । भोलि देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज वुधबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने आँकलन गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि औल्याएको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघ गर्जन चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया