गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति क्षेत्र विकास कोषको निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ । कोषको त्यहाँ रहेको ५३४ रोपनी जग्गा अतिक्रमणको चपेटामा छ ।
जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेको छ ।
‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,’ -सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ ।
अन्यथा कोष आफैले छाप्रा भत्काउने चेतावनी दिइएको छ ।
त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खोजिएको थियो । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि कोषले कदम चाल्न सकेको थिएन ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया