बालुवाटारमा देउवा,प्रचण्ड र नेपालबीच भेटवार्ता
मेरोन्यूज
२०७८ माघ १९ गते १३:१५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच केही समयदेखि बालुवाटारमा छलफल जारी रहेको स्रोत बताउँछ । स्रोतका अनुसार स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको छ । उक्त छलफलमा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए। प्रधानमन्त्री देउवाले उक्त आयोगको पदाधिकारीहरुले राखेको प्रस्ताबका विषयमा अब बस्ने मन्त्रिपरिषद बैठकमा छलफल गरेर स्थानीय चुनावको मिति तोक्ने बताएका थिए । । पछिल्लो समय एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भएको छ।
सम्बन्धित














माघ ३ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया