पूर्व सांसद कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश
मेरोन्यूज
२०७८ माघ १९ गते १६:०५

काठमाडौं । नेकपा एमालेका पूर्व सांसद सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
कर्माचार्य २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी ०५६ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक जिल्ला सचिवसमेत थिए ।
एमालेमा रहँदा माधव नेपाल समूहका भनी चिनिएका उनी पार्टी विभाजनपछि भने केपी ओली नेतृत्वको एमालेमै रहेका थिए ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी प्रवेश गराएका हुन् ।
पार्टी विभाजनपछि पार्टी नेतृत्व सच्चिने विश्वास गरे पनि सच्चिने सम्भावना नदेखेपछि आफू समाजवादीतिर लागेको कर्माचार्यले बताए ।
सम्बन्धित













रवि, बालेन र कुलमानबीच सहमति
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया