मधेसी आयोगमा १ सय ९० वटा उजुरी, वार्षिक प्रतिवेदन १ नम्बरका प्रदेश प्रमुखलाई पेश

काठमाडौं । मधेसी आयोगमा १ सय ९० वटा उजुरी परेका छन् । मधेसका विभिन्न मुद्दाहरु समेटिएको ती उजुरीहरु परेको आयोगले जनाएको छ ।
आयोगले मधेसका विभिन्न मुद्दाहरुसहितको आफ्नो वार्षिक प्रतिवेदन बुधबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएको छ ।
प्रदेश नं. १ को कार्यालय विराटनगरमा आयोगका सदस्यहरु जीवछ साह, रेणुदेवी साह र विजयकुमार गुप्ताको उपस्थितिमा प्रदेश प्रमुख खापुङलाई प्रतिवेदन बुझाएको हो ।
नेपालको संविधानको धारा २६२ ले गठन गरेको मधेसी आयोगले मधेसीको समस्या मधेसीको मात्रै नभएको प्रदेश प्रमुख परशुराम खापुङले बताए ।
राष्ट्रिय समस्या भएपनि कतिपय समस्याहरु फरक ढङ्गले अध्ययन नगरी समाधानको विन्दुमा नपुगिने भएकोले मधेसीलगायत अन्य आयोग गठन हुन पुगेको प्रदेश प्रमुख खापुङको भनाई थियो ।
प्रतिवेदन बुझ्ने क्रममा प्रदेश प्रमुख कार्यालयका सचिव तुलसीराम सेढाईले संविधानमा उल्लेख भएअनुसार प्रदेशलाई बुझाउने प्रतिवेदन प्रदेशस्तरीय हुनुपर्ने जिज्ञासा राखेका थिए ।
प्रतिवेदनमा बाढिपहिरोले पु¥याएको क्षति, मधेसी समुदायमा देखिएको जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विवाद, नेपाल भारत सीमा उत्पन्न तनावले मधेसी समुदायमा परेको प्रभावलगायतको अनुगमन तथा अध्ययनका विषयहरु समेटिएको छ ।
आयोगले मधेसी समुदायको पहिचानको सम्बन्धमा अध्ययन गरी थर पनि सूचिकरण गरेको छ । थर सूचिकरणलाई अद्यावधिक बनाउन विश्वविद्यालय, केन्द्रीय तथ्याङ्क विभाग, संस्कृतिविदलगायतका विज्ञ तथा पदाधिकारीसँग अन्तक्रिया पनि गरिएको प्रतिवेदनमा उल्लेख छ ।













नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया