एमाले नेता ज्ञवालीले भने– एमसीसी विकास परियोजना हो, संसदमा आउनुपर्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमसिसी एउटा विकास परियोजना मात्रै भएको बताउँदै सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाए ।
‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ । यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने ।
एमसीसी परियोजना एउटा विकास परियोजना भएको बताउँदै उनले त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको बताए ।
‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ ।’ –उनले भने ।













सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया