बर्दियामा बस दुर्घटना, ३५ जना घाइते
मेरोन्यूज
२०७८ माघ २० गते ९:५०

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका ३ मा बस दुर्घटना भएको छ । दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
कालीकोटको त्रिवेणी गाउँपालिका ६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर छ ।
दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । अन्य सामान्य घाइतेको स्थानीय कौशिल्या अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विहिबार बिहान बस दुर्घटना भएको हो ।
कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ ।
सम्बन्धित













पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया