आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं । आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ३० तारिख । पौष शुक्ल पक्षको दशमी उपरान्त एकादशी तिथि । तमु ल्होछार, कवि शिरोमणी लेखनाथ जयन्ती, पुत्रदा एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शित गर्न सकिनेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा सानो परिश्रमले राम्रो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृष :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : नयाँ योजनातर्फ अग्रसर भइनेछ। शत्रुहरूले झुक्याउन सक्लान् सावधान रहनुहोला। शेयर बजारबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आयस्रोत सबल रहनेछ। रोग र शत्रुबाट छुटकारा मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ।आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : धार्मिक स्थलमा मठमन्दिर तर्फ घुमफिरका योग छन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कन्या : खानपिनमा सजगता अपनाउनुहोस्। बोलिको विपरीत अर्थ लाग्नेछ। कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला : सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूको लागि लाभ रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : समयमा होस् नपुर्याउँदा खर्च बढ्नेछ। शुभचिन्तकको कुराहरूलाई वेबास्था नगर्नुहोस्। अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
धनु :शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ मिल्नेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। अप्ठ्यारो चुनौतीहरूको भित्र अवसर खोज्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मकर : प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तुको लाभ हुनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। आफन्तहरूको मध्य कुनै कुरालाई लिएर विवाद बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : प्रतिक्षा गरेको काम छिटै सम्पादन हुनेछ। भाग्यको साथ पाइनेछ। लगनशीलताले नाम,काम र दाम कमाउन सकिनेछ। सहयोगीहरूको साथ मिल्नाले नँया कार्यप्रति हिम्मत मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मीन :पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। बोलिको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।












प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया