आन्दोलित जनमत पार्टीका कार्यकर्ता घाइते
मेरोन्यूज
२०७८ माघ २० गते १८:५६

सप्तरी । जनमत पार्टीको राजमार्ग केन्द्रीत आन्दोलनको क्रममा सप्तरीको भारदहमा भएको झडपमा हनुमाननगर कंकालनी नगरपालिकाका जनमत पार्टीका सचिव शंकर खड्गा गम्भीर घाइते भएका छन् ।
आन्दोलनको क्रममा प्रहरीले लखेटेपछि भाग्ने क्रममा प्रहरीले बुटले हान्दा खुट्टाको हड्डी फ्याक्चर भएको जनमत पार्टीकी नेतृ सुशीला यादवले बताइन् ।
खड्गाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो एक महिनादेखि किसानको पक्षमा ११ बुँदै माग राखेर जनमत पार्टीले सडक संघर्ष गर्दै आएको छ ।
तर, सरकारले आफूहरूका माग सम्बोधन नगर्दा आजदेखि पुनः राजमार्गमा हडताल सुरु गरेको उक्त पार्टीकी नेतृ यादवको भनाई छ ।
सम्बन्धित









प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया