सोमबार, पुष १४, २०८२

कांग्रेस नेता रमेश लेखक अमेरिका जाँदै

मेरोन्यूज २०७८ माघ २१ गते ११:२१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक अमेरिका जाने भएका छन् । उनी आज बेलुका अमेरिका जान लागेका हुन् ।

लेखकका स्वकीय सचिव जनक भट्टले लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेका पुष्टि गरे । लेखक पत्नी र छोरीको साथमा अमेरिका जान लागेका हुन् । उनी करिब एकदेखि डेढ महिना अमेरिका बस्ने बताइएको छ ।

यता, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा तीव्र छलफल गरेका समयमा लेखक अमेरिका जानुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ । लेखक देउवाका विश्वासका पात्र हुन् ।

प्रतिक्रिया