कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव भेटियो

काठमाडौं । कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो ।
निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसी रहिसुन माघ १९ गते राति बिरामी भएको बताएका छन् । त्यसपछि परिवारका सदस्यले झुन्डिएर मृत्यु भएको भन्दै केही छिमेकीलाई बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएका थिए ।
घटनाको सूचना पाउना साथ प्रहरीले शवको उत्खनन् गरेको थियो । लगत्तै हत्या आशंकामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया