रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २१ गते २१:०८

धनुषा । धनुषामा शुक्रबार हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ ।
सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।
बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ ।
यसैगरी धनुषामा हावाहुरीका कारण ग्रामीण भेगमा फुसको घर भएका व्यक्तिहरुको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया