सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा लागेको पोखरेलको आरोप

सुनसरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको टिप्पणी गरेका छन् ।
सुनसरीको धरानमा शनिवार आयोजित प्रेस चौतारी सुनसरीले २४औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत आरोप लगाए ।
निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको र लोकतन्त्र विरोधी काम नगर्न उनले सरकारलाई चेतावनी दिए ।
उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा भएको छ नै आयोगको समेत बेवास्ता गरेको छ ।’
महासचिव पोखरेलले एमालेको बढ्दो लोकप्रियता देखेर परमादेशबाट केपी ओली सरकार हराउने खेल भयो । जसको पीडा मुलुकले अहिले भोग्नु परेको बताए ।
पोख्रेलले भने, ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यस्तो किन भयो भन्दा मुलुकलाई गलत बाटोमा लैजानको खेल हो ।’
साथै उनले छिमेकी देश भारतले सीमानाका लिपुलेक, लिम्पियाधुरा सडक बनाउन अघि बढ्दा पनि सरकारले कुनै चासो नदिनुले गठबन्धन सरकार जनताको हित विपरीत काम गरिरहेको प्रतिक्रिया दिए ।













यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया