प्रेस चौतारीको स्थापनामा पाँच पत्रकारलाई पुरस्कार घोषणा

काठमाडौं । प्रेस चौतारी नेपालले २४ औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ ।
पुस १२ र १३ गते लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरष्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।
पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।
वि. सं. २०७७: हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्णविनोद लम्साल (सुनसरी)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
केपी गौतम (गोरखापत्र)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्लाह मियाँ (काठमाडौं)


















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया