प्रेस चौतारीको स्थापनामा पाँच पत्रकारलाई पुरस्कार घोषणा

काठमाडौं । प्रेस चौतारी नेपालले २४ औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ ।
पुस १२ र १३ गते लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरष्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।
पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।
वि. सं. २०७७: हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्णविनोद लम्साल (सुनसरी)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
केपी गौतम (गोरखापत्र)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्लाह मियाँ (काठमाडौं)















निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया