दुर्घटनाका घाइते डिकबहादुरको पीडाः प्रहरीले गाडी पहिचान गर्न नसक्दा उपचारमा सकस

झापा । बिर्तामोड–१ का डिकबहादुर विश्वकर्मा ३० कात्तिकमा दसैं मनाएर बिराटचोकबाट घर फर्कँदै थिए । उनी सवार मे८प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो ।
ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दुर्घटनापछि उनले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लामो उपचार गराए । उपचार गराउँदा उनको तीन लाख खर्च भयो ।
‘ठक्कर दिएपछि खुट्टामा चोट लागेको छ । वि एण्ड सीले अस्पतालमै बसेर उपचार गराउनु भन्दै थियो । पैसा नएकाले मैले घर पनि नजिकै छ भनेर घरमै धाउन थाले,’ उनी भन्छन्, ‘ऋण काढेर निकालेको तीन लाख रकम सकियो। महँगो औषधी खाइरहनुपरेको छ । निकै गाह्रो छ ।’
ठक्कर दिने कारको रंग थाहा छ उनलाई । तर, दुर्घटनामा पर्दा उनले कारको नम्बर भने ख्याल गर्न सकेनन् । ‘दमकमा सेतो कारले ठक्कर दियो । कार हाइवे दक्षिणबाट आइरहेको थियो । ठक्कर दिएर कार भाग्यो,’ उनी भन्छन्, ‘त्यति देखेँ । त्यहाँबाट म बेहोस भएँ । केही थाहा छैन ।’
अपरान्ह २ बजे उनलाई कारले ठक्कर दिएको थियो । ठक्कर लगत्तै इलाका प्रहरी कार्यालयमा उनले जाहेरी पनि दिए । तर, प्रहरीको बेवास्ता गर्दा कारको पहिचान हुन नसकेको उनको गुनासो छ । ‘प्रहरी कार्यालय त कति धाएँ–धाएँ ।
सिडिओ कार्यालयसम्म निवेदन पनि दिएँ,’ उनी भन्छन्, ‘प्रहरीले वास्ता नै गरेन । जसका कारण म समस्यामा छु ।’
डाक्टरले खुट्टाको अपरेसन गर्नुपर्छ भनेका छन् । तर, उनले आफूसँग रकम नभएकाले अप्रेसन गर्न सक्ने आट जुटाउन नसकेको बताएका छन् ।
‘मलाई उपचार खर्च दिए हुन्छ भन्ने हो । उपचार नपाएर म अपाङ्ग हुन नपरोस् भन्ने हो । घटना भएको तीन महिना हुन लाग्यो । दुर्घटना भएकै दिन जाहेरी दिएको थिएँ,’ विश्वकर्मा भन्छन्, ‘दमक चोकमा सिसिटिभी त होला नि ? कर कार्यालयमा होला ? प्रहरीले वास्तै गर्दैन ।’
उनले प्रहरीको बेवास्ताका कारण ठक्कर दिने सवारी कुनै पहुँचवाला व्यक्तिको भएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय दमकले भने खोजी गरिरहँदा पनि नभेटिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले प्रयास गर्दा पनि नभेटिएको बताए ।
‘दुर्घटना नभएको स्थानमा सिसी क्यामेराले पनि क्याच नगर्ने रहेछ । हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘कर कार्यालयको सिसिटिभीले पनि गेटसम्म देखाउने रहेछ । बाटोमा हिँडेको देखाएर । यसमा हामी गम्भीर छौँ । खोजी गरिरहेका छौँ ।’
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया