जिपले ठक्कर दिँदा युवकको मृत्यु
मेरोन्यूज
२०७८ माघ २३ गते ९:३६
काठमाडौँ । बुटवल उपमहानगरपालिका २ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु २४ प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया