हिउँले ढकमक्क रारा
मेरोन्यूज
२०७८ माघ २३ गते १६:०१

मुगु । रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २,९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ ।
चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ । राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ ।
रारामा यो वर्ष तेश्रो पटक हिमपात भएको हो । रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयको भनाइ छ ।
यहाँको प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेको सक्कबहादुर बुढाले बताए । यसले समग्र कर्णालीको पहिचान बढी रहेको आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए ।
सम्बन्धित











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया