बुधबार, पुष १६, २०८२

थप १३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ २३ गते १६:५१


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गर्दा एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा आठ हजार ७०४जन संक्रमणमुक्त भएका छन्।


काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४१०, भक्तपुरमा ३२र ललितपुरमा १२४ जना गरी उपत्यकामा ५६६ जना थपिएका छन् ।हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन्।

प्रतिक्रिया