बिहीबार, पुष १०, २०८२

एनआईसी एशिया बैंकले ल्यायो ८४ लाखसम्मको निःशुल्क बीमा योजना

मेरोन्यूज २०७८ माघ २३ गते १८:५४

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि ८४ लाखसम्मको निःशुल्क बीमा योजना ल्याएको छ ।

एनआईसी एशिया बैंकले गत कात्तिक १ देखि सर्वाधिक उच्च ब्याजदर, तीन बीमा तथा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू लगायतको योजनासहित ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको छ ।

बैंकले यसअघि ल्याएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई थप वृद्धि गरी १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

एनआईसी एशिया बैंकले मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर तथा ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

प्रतिक्रिया