एनआईसी एशिया बैंकले ल्यायो ८४ लाखसम्मको निःशुल्क बीमा योजना
मेरोन्यूज
२०७८ माघ २३ गते १८:५४

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि ८४ लाखसम्मको निःशुल्क बीमा योजना ल्याएको छ ।
एनआईसी एशिया बैंकले गत कात्तिक १ देखि सर्वाधिक उच्च ब्याजदर, तीन बीमा तथा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू लगायतको योजनासहित ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको छ ।
बैंकले यसअघि ल्याएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई थप वृद्धि गरी १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।
एनआईसी एशिया बैंकले मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर तथा ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।
सम्बन्धित
















इजरायल – इरान युद्ध नयाँ चरणमा, तेहरानमा भीषण आक्रमण
कैलाली ३ मा मतगणना सुरु
तनहुँ १ मा रास्वपाको अग्रता कायमै
गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया