जसपाका केन्द्रीय सदस्य चौधरीसहित ३२ जना एमालेमा प्रवेश

सप्तरी । जनता समाजवादी केन्द्रीय सदस्य कल्पना चौधरीसहित नेता कार्यकर्ता आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित रुपनगरमा आइतबार आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य चौधरी जसपा परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।
एमाले कञ्चनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले माला र अवीर लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।
चौधरीसँगै कञ्चनरुप नगरपालिका वडा नम्बर ७ मा जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, सप्तकोसी नगरपालिकामा जसपाबाट उपप्रमुख पदका प्रत्याशी उम्मेदवार रम्भा सरदार, सप्तकोसी नगर समिति सदस्य बाबुराम चौधरी, नन्दलाल चौधरीलगायत३२ जना नेता, कार्यकर्ता जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीलाई पोलिटब्युरो सदस्य प्याकुरेल, केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज राजकुमार लेखी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज सरिता गिरीलगायतले माला अवीर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रा, सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, पार्टीका प्रदेश सदस्य बोधराज सुवेदीलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया