काठमाडौँमा आजदेखि फाइजरको दोस्रो खोप दिने
मेरोन्यूज
२०७८ माघ २४ गते ७:०८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि कोरोना भाइरस (कोभिड–१९) को दोस्रो खोप दिने भएको छ । महानगरले फाइजर खोपको दोस्रो मात्रा दिने भएको हो ।
जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी सबै वडामा व्यवस्था गरेको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिबारबाहेक सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धित खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाएको २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।
पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानु पर्ने महानगरले सूचना जारी गरेको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया