आजको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने तयारी
मेरोन्यूज
२०७८ माघ २४ गते १०:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार मन्त्री परिषद्को बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजे बस्ने गरी बालुवाटारमा बैठक बोलाएका हुन् ।
आजको बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्री परिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
यसअघिको सत्ता गठबन्धन बैठकले निर्वाचन आयोगको सिफारिस मितिमा निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया