कमल थापा पार्टी विभाजनको पक्षमा नभएको प्रधानको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरेका छन् ।
पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका राप्रपा उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा थापा पार्टी एकताकै पक्षमा रहेको बताए ।
महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि उनले बताए । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढि हुने उपाध्यक्ष प्रधानको भनाई थियो ।
पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन् । उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताए ।
‘पार्टीका पूर्व अध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ । विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढि नै सचेत हुनुपर्छ ।’– शाहीले भनिन् ।
महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन् ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया