वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन संविधानको मर्मअनुरूप:गगन थापा
मेरोन्यूज
२०७८ माघ २५ गते १०:५३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय संविधानको मर्मअनुरूप भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको भन्दै निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको उल्लेख गरेका हुन् ।
संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नहुनेमा उनले जोड दिएका छन् ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्,’उनले लेखेका छन्, ‘सबैले सदैव हेक्का राख्नुपर्दछ– संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया