६ वाम पार्टीले भोलि संसद् भवन घेर्ने, आज कोणसभा गर्ने
काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) सहितका अनय ६ बाम पार्टी र तिनीसँग निकट मोर्चाहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीविरुद्ध आज देशभर कोणसभा गर्ने भएको छ । अपराह्न ३ बजे देशभर कोणसभा गर्ने कार्यक्रम ति पार्टीहरुले तय गरेका छन् ।
मोर्चामा विप्लवकोपार्टीसहित मोहन वैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, सिपि मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित वुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, लगायतका पाटीृ छन् ।
एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्न लागिएको र त्यही क्रममा आज मंगलवार देशभर कोणसभा गर्ने र भोलि वुधबार दिउँसो सिंहदरवार घेर्ने कार्यक्रम तय गरिएको एक नेताले बताए ।
भोलि बुधबार अर्थात् माघ २६ गते अपराह्न २ बजे नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्ने कार्यक्रम उनीहरुले तय गरेका छन् ।
आज तीन बजे काठमाडौँ उपत्यकाभित्र काठमाडौँका शान्तिबाटिका, कोटेश्वर, गौशाला, कलङ्की, गोंगबु बसपार्कका साथै ललितपुर र भक्तपुरमा कोणसभा आयोजना गरिनेछ । कोणसभामा ६ दल र २ मोर्चाका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया