मंगलबार, पुष १५, २०८२

नर्सिङ लाइसेन्स परीक्षा फारम खुला

मेरोन्यूज २०७८ माघ २५ गते १२:१७
फाइल फोटो

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सको लाइसेन्स परीक्षा फारम खुला गरेको छ । आगामी चैत्र १२ गते हुने नर्सको नाम दर्ता अर्थात लाइसेन्स परीक्षाका लागि परिषद्ले सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।

परिषद्ले फराम बुझाउने मिति माघ २६ देखि फागुन २६ गतेसम्म तोकिएको छ । परीक्षा शुल्क नर्सको हकमा ३ हजार १०० रुपैयाँ र मिडवाइफरीको ४ हजार १०० रुपैयाँ तोकिएको छ ।

नर्सिङमा प्रमाण पत्र तह गरेका तथा बीएसी नर्सिङ गरेकाले आवेदन दिनसक्ने परिषद्ले सूचनामा भनेको छ । यस अवधिमा छुटेकाले दोब्बर दस्तुर तिरेर फागुन २७ देखि चैत्र ३ गतेसम्म फर्म भर्न सकिने जानकारी दिइएको छ ।

प्रतिक्रिया