बुधबार, पुष १६, २०८२

कमल थापाले गरे पार्टी परित्यागको घोषणा

मेरोन्यूज २०७८ माघ २५ गते १३:५५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।

पार्टीभित्र देखा पर्न थालेको द्धान्तिक विचलन र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका कमल थापाले गृहजिल्ला पुगेर घोषणा गरेका छन् ।

अध्यक्षप्रति असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिए । अभिषेकका अनुसार आज गृहनगर हेटौँडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया