एमसीसीविरुद्ध ६ बाम पार्टीको जुलुससहित प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसहित ६ वटा साना बाम पार्टी र तिनीसँग निकट मोर्चाहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रर्दशन गर्ने भएको छ ।
साना बाम पार्टीहरूले आज दिउँसो १२ बजे काठमाडौँको माइतीघरबाट जुलुस निकालेर संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने भएको हो । यस्तै, आजै यी पार्टीले सबै जिल्लाको सदरमुकाममा संयुक्त विरोध प्रशर्दन गर्ने भएको छ ।
विरोध प्रदर्शनमा विप्लवको पार्टीसहित मोहन वैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, सिपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, लगायतका पार्टी सहभागी हुने भएको हो । उक्त मोर्चाले मंगलबार देशभर कोणसभा गरेको थियो ।
यस्तै, एमसीसीविरुद्ध ‘एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति’ले आफ्नो विरोध कार्यक्रम स्थगित गरेको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै आफूहरूको विरोध कार्यक्रम स्थगित भएको समितिका संयोजक नारायण शर्माले जानकारी दिए ।














Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया