आइतबार, वैशाख २०, २०८३

प्रचण्ड भेट्न खुमलटार पुगे अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ माघ २६ गते ९:२७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेट वार्ता भएको छ ।

Advertisement
NiccNicc

प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित भइरहेको अवस्था दुई नेताबीच भेट वार्ता भएको हो । एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्न समय सीमा तोकिदिएको छ ।

प्रतिक्रिया