ओली भेट्न बालकोट किन पुगे अमेरिकी राजदूत र्याण्डी बेरी ?
एमसीसी अनुमोदन गर्न अमेरिकाले दिएको डेटलाइन नजिकिँदै गर्दा अमेरिकाका राजदुत र ओलीवीच मंगलबार साँझ भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्याक्याट सम्झौता संसदमा अनुमोदन गर्ने नगर्ने विषयमा नेपालका राजनीतिक दलहरुका वीचमा तिव्र धुव्रिकरण भईरहेका बेला अमेरिकी राजदूत र्याण्डी बेरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी ओलीसँगको भेटघाटका लागि ओलीको निवास बालकोट पु्गेका छन् ।
उनले मंगलबार साझँ ओलीलाई भेटेका हुन् । कांग्रेसका नेता शेखर कोइरालाले ओलीसँग भेट गर्नु अगाडी रााजदुत बेरीले ओलीसँग भेट गरेका थिए ।
अमेरिकाले नेपाललाई एमसीसी सम्झौता अनुमोदनका लागि फागुन १६ सम्मको अल्टिमेटम दिएको छ ।
अमेरिकाले पछिल्लो चरण दिएको अल्टिमेटम समय आउन केही साता मात्रै बाँकी रहेका बेला अमेरिकी राजदुतले आफै अग्सर भएर राजनीतिक भेटघाट बबढाउन थालेका हुन् । एमाले एमसीसी सम्झौताका विषयमा अहिले पर्ख र हेरको नीतिमा छ । उसले यस अगाडी सरकारको नेतृत्व गर्दा एमसीसी पारित गर्न निक्कै जोडबल गरेको थियो ।
तर अहिले भने सत्ता गठबन्धन दलका वीचमा यस विषयमा के धारणा हुन्छ पहिले सार्वजनिक हुनुपर्ने भन्दै मुख नखोली बसिरहेको छ । ओली यही विषयलाई लिएर सत्ता गठबन्धन तोडन चाहिरहेका छन् । यस्तो बेला राजदुत बेरीले ओलीसँग भेट गरेका हुन् । यधपी भेटका विषय भने खुलेको छैन ।
अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको पुष्टि गरे । तर, भेटमा भएका छलफलका विषयमा भने आफु जानकार नरहेको उनले बताए ।
राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । यस अगाडी अमेरिकाले आफनो देशका राजदुतलाई भन्दा पनि अष्टेलियाका राजदुत र वेलायतका राजदुतलाई नेपालका राजनीतिक दलहरुसँगको सम्वादका लागि प्रयोग गरिरहेको थियो ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया