ओली भेट्न बालकोट किन पुगे अमेरिकी राजदूत र्याण्डी बेरी ?
एमसीसी अनुमोदन गर्न अमेरिकाले दिएको डेटलाइन नजिकिँदै गर्दा अमेरिकाका राजदुत र ओलीवीच मंगलबार साँझ भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्याक्याट सम्झौता संसदमा अनुमोदन गर्ने नगर्ने विषयमा नेपालका राजनीतिक दलहरुका वीचमा तिव्र धुव्रिकरण भईरहेका बेला अमेरिकी राजदूत र्याण्डी बेरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी ओलीसँगको भेटघाटका लागि ओलीको निवास बालकोट पु्गेका छन् ।
उनले मंगलबार साझँ ओलीलाई भेटेका हुन् । कांग्रेसका नेता शेखर कोइरालाले ओलीसँग भेट गर्नु अगाडी रााजदुत बेरीले ओलीसँग भेट गरेका थिए ।
अमेरिकाले नेपाललाई एमसीसी सम्झौता अनुमोदनका लागि फागुन १६ सम्मको अल्टिमेटम दिएको छ ।
अमेरिकाले पछिल्लो चरण दिएको अल्टिमेटम समय आउन केही साता मात्रै बाँकी रहेका बेला अमेरिकी राजदुतले आफै अग्सर भएर राजनीतिक भेटघाट बबढाउन थालेका हुन् । एमाले एमसीसी सम्झौताका विषयमा अहिले पर्ख र हेरको नीतिमा छ । उसले यस अगाडी सरकारको नेतृत्व गर्दा एमसीसी पारित गर्न निक्कै जोडबल गरेको थियो ।
तर अहिले भने सत्ता गठबन्धन दलका वीचमा यस विषयमा के धारणा हुन्छ पहिले सार्वजनिक हुनुपर्ने भन्दै मुख नखोली बसिरहेको छ । ओली यही विषयलाई लिएर सत्ता गठबन्धन तोडन चाहिरहेका छन् । यस्तो बेला राजदुत बेरीले ओलीसँग भेट गरेका हुन् । यधपी भेटका विषय भने खुलेको छैन ।
अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको पुष्टि गरे । तर, भेटमा भएका छलफलका विषयमा भने आफु जानकार नरहेको उनले बताए ।
राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । यस अगाडी अमेरिकाले आफनो देशका राजदुतलाई भन्दा पनि अष्टेलियाका राजदुत र वेलायतका राजदुतलाई नेपालका राजनीतिक दलहरुसँगको सम्वादका लागि प्रयोग गरिरहेको थियो ।













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया