प्रचण्ड र शेखर कोइरालाबीच आज ९ बजे भेटवार्ता हुने
मेरोन्यूज
२०७८ माघ २७ गते ८:००

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता हुने भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग भेटवार्ता गरन लागेका हुन् ।
भेटवार्ता (आज) बिहीबार बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा हुने तय भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
कोइरालाले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसक्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिएका थिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका देखिन्छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया