गोरु काटेर मासु बिक्री गर्ने तीन जना रिहा

खोटाङ । खोटाङमा गोरु काटेर मासु बिक्री गर्ने क्रममा पक्राउ परेका तीन जनालाई रिहाई भएका छन् । गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ बुधबार साँझ हिरासत मुक्त भएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङलगायतको पहलमा उनीहरू रिहा भएका हुन् । प्रहरी हिरासत मुक्त भए पनि उनीहरूमाथिको अनुसन्धान र कारबाही प्रक्रिया जारी रहने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु बिक्री गरिरहेको सूचनाका आधारमा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि जनजाति सम्वद्ध संगठन र जनजाति नेताहरूले विरोध जनाएका थिए ।
राई, तामाङ, शेर्पालगायतका जनजाति समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर, गोरु काट्नेलाई सजाय हुने कानुनी व्यवस्था छ । यही विषयले गर्दा जनजातिस समुदाय र स्थानीय प्रशासन प्रहरीबीचमा बेलाबेलामा द्वन्द्व सिर्जना हुने गरेको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया